गाेरखा । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराईका भू-भाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहने अनुमान गरीएकाे छ । देशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहने पनि महाशाखाले जनाएकाे छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




















