गाेरखा । रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा आज बिहान भएकाे बस दुर्घटनामा परी कम्तीमा पनि १२ जनाले ज्यान गुमाएको छ ।
ज्यान गुमाउनेमा ७ पुरुष र ५ महिला गरी १२ जनाको ज्यान गएकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सह-प्रबकत्ता शैलेन्द्र थापाले जानकारी दिएका हुन् ।
ज्यान गुमाएका १२ जना मध्य ११ जनाकाे पहिचान खुलेकाे छ । दुर्घटनामा ज्यान गुमाउनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।
सोही दुर्घटनामा परी अन्य ८ जना घाईते भएका छन् । घाईते हुनेहरुमा रामेछाप जिल्लाको मन्थली नगरपालिका–१२ बस्ने ३३ वर्षिय देवकी खड्का, सोही नगरपालिका–११ बस्ने ३१ वर्षिय सुशान्त थापा मगर, उमाकुण्ड नगरपालिका–५ बस्ने ५२ वर्षिय सोनातेन्जी शेर्पा, ६ वर्षिया निष्मा शेर्पा, लिखुतामाकोशी गाउँपालिका–४ बस्ने ७१ वर्षिय ओलक बहादुर थापा, खाँडादेवी गाउँपालिका–३ बस्ने २१ वर्षिय समिर श्रेष्ठ, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–७ बस्ने १७ वर्षिया निलिमा तामाङ्ग र ओखलढुंङ्ग जिल्लाको खिजिदेम्वा गाउँपालिका–२ बस्ने ४५ वर्षिय जयबहादुर तामाङ्ग छन् ।
घाईते भएकाहरुमध्ये ७ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे पठाईएको छ भने चालक सुशान्त थापा मगरको तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ ।



