गाेरखा । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या ४ पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि ज्यान गएको पुष्टि भए संगै ज्यान गुमाउने संख्या ४ पुगेको हाे ।
यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै ज्यान गुमाइसेका छन् ।
विनासकारी डाइनामाइट विष्फोटपछि रत्न राई बेपत्ता भएका थिए । बेपत्ता भएका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो । उनको जीउडालको आधारमा परिचान गरिएको खबर आएको पारिवारिस स्रोतले जनाएको छ ।




















