गोरखा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले केपी ओेलीसंगको भेटपछी पक्राउ गरेको खुलासा भएको छ । गएको शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेर हो ।
निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएको छ । प्रसाईंले विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ ।
निर्वाचन आयोगले पठाएको पत्रको आधारमा अनुसन्धान थालिएको साइबर ब्युरोले जनाएको छ ।
पक्राउ पर्नुअघि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । उच्च सुरक्षा अधिकृतका अनुसार माघ २२ मा प्रसाईं र ओलीको बिचमा भक्तपुरमा भेटवार्ता भएको थियो ।
ओलीसँग भेटेपछि वीरगन्जमा कार्यक्रम गर्न भनेर प्रसाईं पर्सा जाँदै थिए । वीरगन्जमा कार्यक्रम गरेर प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको सुराकको आधारमा सुरक्षा निकायले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका थिए ।
यसअघि माघ ५ मा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले हाजिर जमानीमा छाडेको थियो । सार्वजनिक शान्ति विरुद्धको कसुरमा काठमाडौँ प्रहरीले उनीसँग बयान लिएर रिहा गरेको थियो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।



