×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, मुख्य योजनाकार नख्खु कारागारबाट फरार कैदी भएको पुष्टी

  •  गोरखा समाचार
  • सोमबार, माघ २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३ जनालाई पक्राउ गरेको पुष्टी गरेको हो ।

    पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन् ।

    उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेन शाहको डेरा कोठाबाट चोरी गरेका थिए ।

    राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो । उनीविरुद्ध यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

    उनी चोरी गर्नेमध्येका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ । साधारण लेखपढ गर्न जान्ने उनी पेन्टरको काम गर्थे । उनले बालेनको डेराघरमा चोरी गरेको स्वीकार गरेको परिषरले जानकारी दिएको हो । उनी चोरीको कसुरमा ३ वर्ष ६ महिना कैद भुक्तान गरिरेका थिए । सोही क्रममा उनी २४ भदौमा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए ।

    नख्खु कारागारबाट भागेपछि उनी ५ वटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीले बताएको छ । उनी निर्माणाधीन घरबाट धारा, टुटी तथा अन्य घरहरूमा चाँदीका गिलास, कचौरा, दियो र चाँदीका प्लेटहरू चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

    काठमाडौं महानरपालिका–२६ मा रहेको क्लासिक एण्ड लज इन गेष्ट हाउसको कोठा नम्बर ४०२ मा बस्दै आएका उनको कोठाबाट प्रहरीले वर्ल्ड लिंक लेखिएको राउटर र सीसीक्यामेरा २ थान बरामद गरेको छ ।

    त्यस्तै उनको साथबाट प्रहरीले एक्रोन गोल्ड लेखिएको निलो बिँड भएको पिलास १ थान, सलाई रेन्ची, रेती, स्क्रु र कालो रंगको ज्याकेट बराबद भएको छ ।

    त्यस्तै अर्का व्यक्ति खिमबहादुरलाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो । उनी बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति रहेको पाइएको छ । ११ मंसिर २०७९ मा उनीविरुद्ध प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको थियो ।

    कक्षा ८ सम्म अध्ययन गरेका उनी बालुवा डिपो सञ्चालन गर्दै आएका थिए । मनिष राजवाहकले दिएको चोरीका सामानहरू उनले बेच्ने गरेको प्रहरीले बताएको छ । राजवाहक र खड्कबीच घरको काम गर्ने क्रममा करिब ८ वर्षदेखि चिनजान रहेको पाइएको छ । राजबाहक समेत खड्काको डिपोमा काम गर्थे ।

    खड्काको भक्तपुर ठिमी नगरपालिका दुवाकोटस्थित घरबाट प्रहरीले चाँदीका थाली, कचौरा, रिङ, नटबोल्ट लगायतका सामानहरू बरामद गरेको ।

    सुनजस्तो देखिने लक्ष्मीको मूर्ति भएको झुम्का, चन्द्रमा, सिक्री बालाजस्ता सामानहरू बरामद भएका छन् ।

    श्रेष्ठलाई भने प्रहरीले २४ माघमै बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २९ कात्तिक २०६४ प्रहरी वृत्त बौद्धबाट जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको देखिएको छ ।

    कक्षा १० सम्म अध्ययन गरेका उनी खेती किसानी गर्ने व्यक्ति हुन् । रामेछाप कारागारमा रहँदा उनी र राजबाहकबीच भेटघाट र चिनजान भएको देखिएको प्रहरीले बताएको छ । उनले २ ल्यापपटप डिकमा राखी राजबाहकलाई ८ हजार दिएको पाइएको छ ।

    धादिङ धुनीबेशी नगरपालिका–७ लप्सेस्थित उनको कोठाबाट प्रहरीले झोला, डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर, डीभीआर बरामद गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    सोमबार, माघ २६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.