गाेरखा । पृथ्वी राजमार्ग अन्तरर्गत धादिङ जिल्लाकाे थाक्रे गाउँपालिका-६ काे दसकिलाे भन्ने स्थानमा आज बिहान २ वटा बस एक आपसमा ठाेकिदा चिया पिउदै बसेका १ जनाकाे ज्यान गएकाे छ ।
आइतबार बिहान ७ बजे भएकाे उक्त घटनामा परी नाम र वतन खुल्न नसकेका ट्रीफर चालकको घटना स्थलमानै ज्यान गएकाे इलाका प्रहरी कार्यालय मुग्लिनले पुष्टी गरेकाे हाे ।
दाङ बाट काठमाडौ जाँदै गरेको प्रदेश न ३- ०१- ००६ ख १५५२ नम्बरको बस र काठमाडौ बाट रसुवा गढी जान लागेको बागमती प्रदेश ०१-००६- ख ५२०८ नम्बरको डिलक्स बस एक आपसमा ठक्कर खादा सडक किनारमा बसेर चिया पिइरहेका चालककाे घटना स्थलमा नै ज्यान गएकाे थियाे ।
साेही घटनामा राजु थापा नाम गरेकाे अर्का ब्यती समेत गंभिर घाइते भएकाे प्रहरी चौकी महादेब बेशीका प्रहरी नायब निरिक्षक बिस्नु नेपालीले जानकारी दिए । थापालाइ तत्कालै थप उपचारकाेलागि राजधानी पठाइएकाे छ ।
घटना पछी अबरुद्ध भएकाे उक्त सडक खण्ड बिहान ८ बजेपछी सुचारु भएकाे मुग्लिनबाट पत्रकार बिनाेद श्रेष्ठले जानकारी दिए । प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।



