गाेरखा । बैतडीमा जन्ती बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १३ पुगेकाे छ । साेही दुर्घटनामा परी अन्य ३४ जना घाइते भएका छन् ।
पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक बलदेव बडुले पुष्टी गरेकाे हाे ।
घाइतेहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको उनले जानकारी दिए ।
बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।




















