साँकेतिक तस्बिर
गोरखा । रौतहटमा रास्वपा उम्मेदवारको उम्मेदवार चढेको गाडीले ठक्कर दिँदा १ जना बालिकाको ज्यान गएको छ ।
जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको ज्यान गएको रौतहट प्रहरीले पुष्टी गरेको हो ।
रास्वपाका क्षेत्र नम्बर–२ उम्मेदवार सेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका निवासी अल्फा खातुनको ज्यान गएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
बाटोमा खेलिरहेका बेला उक्त गाडीले बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट गंभिर घाईते भएकी खातुनको उपचारको क्रममा ज्यान गएको हो ।
प्रहरीका अनुसार उक्त गाडीमा उम्मेदवार भने सवार थिएनन् ।



