गोरखा । सर्लाहीको लालबन्दीस्थित लघुवित्त वित्तिय संस्थाको कर्मचारीमाथी छुरा प्रहार गरेर लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले वित्तिय संस्थाभित्र प्रवेश गरेर लुटपाट गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार, ५–६ जनाको समूह प्रवेश गरेर बिहीबार दिउँसो कार्यालयमा लुटपाट गरेको हो ।
उक्त समूहले संस्थाका कर्मचारीमाथि छुरा प्रहार गर्दा कर्मचारी घाइते भएका छन् । लघुवित्तका कर्मचारीलाई कोठामा बन्द गरेर लुटपाट भएको प्रहरीले जनाएको छ ।



