गाेरखा । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई बुवा भोजप्रसाद भट्टराईको निधन भएकाे छ । उनकाे आजै पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको पारिवारीक स्राेतले जानकारी दिएकाे छ ।
केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार गराइरहेका उनको त्यही निधन भएको थियो ।
अन्त्येष्टिमा प्रलोपाका नेता-कार्यकर्ताहरु सहभागी भएका थिए । अन्य राजनीतिक दलका उच्च तहका नेताहरु भने सहभागी भएका थिएनन् ।



