गाेरखा । तालिम सकेर घर फर्कने क्रममा १ जना निर्वाचन प्रहरीको भिरबाट लडेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायले पुष्टी गरेका हुन् ।
निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान ज्यान गएको बैतडी प्रहरीले जनाएकाे छ ।



