गाेरखा । रुपन्देहीमा बस र ट्याक्टर ठोक्किदा भएको दुर्घटनामा परि १३ जना विद्यार्थी घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार आज बिहान भएकाे उक्त दुर्घटनामा विद्यार्थीहरु घाइते भएका हुन् ।
परासीबाट भैरहवातर्फ आइरहेको लु १ ख ८६७५ नम्बरको बस र भैरहवाबाट गइरहेको लु ३ त ३५३० नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको रुपन्देही प्रहरील जानकारी दिएकाे छ ।
ओमसतिया-४ गाउँपालिका बसन्तपुर (सडक दस्तुर संकलन केन्द्र) नजिकै दुर्घटना भएको हो ।
घाइते विद्यार्थीहरुको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) मा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र अन्यको मध्यम रहेको अस्पतालका प्रशासन संयोजक तेज केसीले जानकारी दिए ।
घाइते शान्ति नमुना माध्यमिक विद्यालयमा विद्यार्थीहरु रोहिणी र ओमसतियाका हुन् ।




















