एजेन्सी । गएको हप्तादेखि न्युयोर्क सहरमा चिसोका कारण कम्तीमा पनि १४ जनाको ज्यान गएको मेयर जोहरान ममदानीले पुष्टि गरेका छन् । प्रारम्भिक अनुसन्धानले चिसोका कारण ८ जनाको ज्यान गएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् ।
अमेरिकामा ठुलो आँधीका कारण जनवरी –२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ । ममदानीले अहिलेसम्म ६ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताएका छन् ।
घरबार विहीन तथा विस्थापितहरुलाई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइहरू घरबार विहीनहरूका लागि खुला हुने र तातो र सुरक्षित आश्रयहरू न्युयोर्क सहरका ५ वटा स्थानमा मानिसहरूका लागि खुला रहने जनाइएको छ ।


