गाेरखा । कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा १ जना युवतीको शव फेला परेको छ ।
भीमदत्त नगरपालिका-१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा युवतीको शव फेला परेको कञ्चनपुर प्रहरीले पुष्टी गरेकाे हाे ।
पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए ।
मुचुल्का गरी शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले जानकारी दिए ।
शव सडेको अवस्थामा भएकोले पहिचान गर्न समस्या भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



