गाेरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएकाे छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ ।
कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
आज तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहने अनुमान महाशाखाले गरेकाे छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




















