गाेरखा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहने अनुमान महाशाखाले गरेकाे छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
आज राति तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।



