गाेरखा । सिराहामा आज गोली प्रहार गरी १ जना पुरूषको हत्या गरिएकाे छ ।
शुक्रबार दिउँसो ३:३० बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको सिरहा प्रहरीले पुष्टी गरेकाे हो ।
उनीमाथि गोली प्रहार गरी हत्या भएको मधेस प्रदेश प्रहरी कार्यलयका एसपी कमल थापाले बताए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा टोली घटना स्थलमा खटिएको छ ।
टोलीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान र खोजी गर्ने काम गरिरहेको सिरहा प्रहरीले जनाएकाे छ ।




















