गाेरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशको थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएकाे छ ।
देशभर आंशिक बादल लाग्ने अनुमान छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने अनुमान महाशाखाले गरेकाे छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




















