गाेरखा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा गएराती एकै परिवारका २ जनाको हत्या भएको छ । ज्यान गुमाउनेमा ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको हतियार प्रहार गरी हत्या भएको बारा प्रहरीले पुष्टी गरेकाे हो । उनीहरु नाताले आमा छाेरा हुन् ।
सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, छोरी २० वर्षीया रीनाकुमारी गम्भीर र बुहारी मनिता भने घाइते अवस्थामा फेला परेकाे बारा प्रहरीले जनाएकाे छ । उनीहरुको परवानीपुरमा उपचार भइरहेको छ ।
घटना के कती कार०ा भएको हाे र काे काे संलग्न थिए भन्ने कुरा खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
तालिम प्राप्त कुकुरको सहयोगले खोजी र थप अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




















