गोरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरएिको छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा भने मध्यान्नसम्म हुस्सु र कुहिरो रहने अनुमान गरएिको छ ।
दिउँसो देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।



