गोरखा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भू–भाग केही स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।



