गाेरखा । निर्वाचन आयोगले आज बिहानैदेखी लागु हुने गरी निर्वाचन आचारसंहिता लागु गर्ने गरेको छ ।
आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागु गरेको आयोगले जनाएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आयोगले ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम तोकेको छ ।




















