गाेरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । साथै तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहेको छ ।
आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने अनुमान महाशाखाले गरेकाे छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।



