गाेरखा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएकाे छ । नयाँ नेतृत्व चयन भएपछि दोस्रो बैठक हो ।
बैठक अहिले ११:३० बजेबाट नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा सुरु भएकाे छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि आज दोस्रो बैठक बसेको हो ।
बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
आजको बैठकमा पहिलो बैठकका निर्णयहरुका साथै आसन्न निर्वाचन केन्द्रित छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।



