एजेन्सी ।थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा ३२ ज्यान गएको छ भने अन्य ६६ जना घाइते भएका छन् ।
सिखियो जिल्लामा यो दुर्घटना भएको बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको रेललाई काम गरिरहेको क्रेनले ठक्कर दिएपछि केही डिब्बा रेलकाे लिकबाट उछिट्टिएर आगलागीसमेत भएको खबरमा उल्लेख छ ।
राज्य रेल्वे अफ थाइल्याण्डका अनुसार रेलमा १७१ जना यात्रु थिए । दुर्घटना स्थानीय समयानुसार हिजो विहान ९ बजेको थियाे ।



