गाेरखा । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवा भेटन महाराजगन्ज जान लागेका छन् । उनीहरुले विवाद निरूपणको अन्तिम प्रयासको लागी देउवालाई भेटन लागेका हुन् ।
टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास महाराजगन्ज जाँन लागेकाे बिशेष महाधिवेशनमा सहभागी एक नेताले बताए ।
सहमति जुटाउने अन्तिम प्रयासस्वरुप थापा र शर्माले देउवालाई भेट्न लागेका हुन् । त्यो वार्तामा पनि कुरा नमिलेमा आ-आफ्नो बाटो लाग्ने नेताहरू बताउँछन् ।
२ समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन ।
यही विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो । तथापि दुवै पक्ष आआफ्नो अडानमा रहेकाले सहमति हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।




















