गाेरखा । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक केही बेर बसेर पुन: दिउँसो बस्ने गरी टुंगिएको छ ।
पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैनन् ।
सहमति खोज्नका लागि विहानदेखि ३ पक्षका नेताहरु संवादमा जुटेका थिए । वार्तामा विशेष महाधिवेशन पक्षधरहरुले विषय प्रवेश मात्रै भएको जानकारी गराएकाे छ ।
केही बेरकाे लागी स्थिगत भएकाे बैठक पुन: दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।



