गाेरखा । आज बिहान तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको पनि महाशाखाले जनाएकाे छ । मधेश, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ ।
बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ ।




















