गाेरखा । तराई तथा मधेशका धेरैजसो ठाउँमा आज पनि हुस्सु लागेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु/कुहिरो तथा बाँकी तराई भू-भागका थोरै ठाउँमा हुस्सु लागेको छ ।
आज पनि देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
देशभर चिसो बढेकोले चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खान, काम नपरी घरबाहिर ननिस्कन, बालबालिका, वृद्धवृद्धा र दिर्घरोगीको विशेष ख्याल गर्न चिकित्सकहरुले सल्लाह दिएकाे छ ।




















