गाेरखा । बर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन् ।
उनी गत भदाै ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियाे ।
घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न मन्त्री परिषदकाे बैठकमा नै भनेकी थिइन् ।
गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो ।
उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको छ । घिसिङ रास्वपाको दोस्रो वरीयताको नेतासहित उपसभापति हुने सहमति भएको थियो ।



