गाेरखा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बाेलाइएकाे हाे ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको बुझिएको छ ।
राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।
आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने एक पदाधिकारीले जानकारी दिए । ति पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ ।
जस अनुसार मुख्य मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्जहरूलाई संयोजक र जिल्ला इन्चार्जहरूलाई पनि संयोजकको भूमिका दिइने तयारी छ ।



