गाेरखा । आज नेपाली कांग्रेसकाे केन्द्रिय कार्य सम्पादन समितिकाे बैठक बस्ने भएकाे छ । राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो आज बैठक बाेलाइएकाे एक नेताले जानकारी दिए ।
मंगलबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको उनले जानकारी दिए ।
बिहान ११ बजे बस्ने बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्ने अनुमान गरिएकाे छ । काँग्रेसले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल गरिरहेकाे छ ।
राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो ।
आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुने छ ।



