गाेरखा । शुक्रबार साँझ बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ ।
काठमाडाैंबाट भद्रपुर उडान भरेको ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको हो ।
सो जहाजमा ५१ जना यात्रु रहेका थिए । विमानमा सवार सबै यात्रु एवं चालक दलका ४ जना सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।




















