गाेरखा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ ।
देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–ई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
देशका तराई भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



