गाेरखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज ३ वटा पार्टीका उच्च नेतालाई भेट्दै छन् ।
मन्त्री खरेल अहिले १० बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् ।
त्यस लगत्तै ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र १२ बजे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम तय भएकाे छ ।



