फाईल तस्बिर
गाेरखा । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा कुरा उठेको थियो ।
लेखकलाई मंगलबारमात्रै बयानका लागि आयोगले बोलाएको थियो ।
कार्यसम्पादन समितिको हिजाेको बैठक सकिएको र आज दिउँसो १ बजे पुन: बस्ने भएकाे छ ।



