एजेन्सी । लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको विमान दुर्घटनामा ज्यान गएको छ ।
लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल–हद्दादको टर्कीएमा भएको विमान दुर्घटनामा ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको हाे ।
सैन्य प्रमुख अल–हद्दाद र अन्य ४ जना हिजो बेलुका टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन–५० एयरक्राफ्टमा थिए ।
यो एयरक्राफ्ट दुघर्टना भएको र भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला परेको छ । दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।



