साँकेतिक तस्बिर
गाेरखा । बर्दियामा चितुवाको आक्रमणबाट १ जना महिलाको ज्यान गएको छ ।
बारबर्दिया नगरपालिका-१० मा आज दिउँसो चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा ५५ वर्षीया पार्वती डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले पुष्टी गरेकाे हाे ।
थानफेना सामुदायिक वनमा स्याउला लिन गएका बेला डाँगीलाई चितुवाले आक्रमण गरेको प्रहरीले जानकारी दिएकाे छ ।
स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



