गाेरखा । गएको भदौ २३ र २४ गते नवयुवा आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहसचिवसहित ३ जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ ।
आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी (प्रहरी महानिरीक्षक) चन्द्रकुबेर खापुङ र काठमाण्डाैका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो ।
आयोगले गएको कात्तिक २७ गते ३ जनामाथि विदेश भ्रमणमा रोक्का लगाएको थियो भने आयोगको स्वीकृतिविना काठमाडाैं उपत्यका छाड्न रोक लगाएको थियो । आयोगले उनीहरूको बयान लिएपछि स्थानहद फुकुवा गरेको हो ।
आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको बयानका लागि शुक्रवार उपस्थित हुन पत्र पठाएको छ । त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने तयारी रहेको आयोगले जनाएको छ ।




















