×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Lumbini_Photo_Training_NEWS.wav

     

    गाेरखा । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले लुम्बिनीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

    नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा सोमबारदेखि दुईदिने तालिम सुरु भएको हो ।

    क्यामेराको लेन्समार्फत लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यलाई विश्वसामु चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटीपीका प्रबन्धक धर्मराज दवाडीले जानकारी गराएका छन् । उनले भने, “लुम्बिनी केवल बुद्ध जन्मस्थल मात्र होइन । यहाँ संस्कृति, इतिहास, प्रकृति र समुदायका थुप्रै पर्यटन कथा छन् । ती कथालाई प्रभावकारी तस्बिरमार्फत प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गएकोले पर्यटनका सम्भावनाहरू उजागर गरी स्थानीय गन्तव्यलाई ग्लोबल बजारसम्म पुर्‍याउने यो तालिम प्रभावकारी हुने विश्वास लिएको छु ।

    राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताए । “तपाईंहरूले आज लुम्बिनी, कपिलवस्तु, पाल्पा, नवलपरासी वा बर्दियाका कथा जसरी क्यामेरामा उतार्नुहुन्छ, ती तस्बिरहरूले नेपाललाई विश्व पर्यटन नक्सामा अझ मजबुत रूपमा स्थापित गर्नेछन्,” उनले भने, “यो तालिम लुम्बिनी प्रदेशका ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोगी हुनेछ ।”

    तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, बोर्डको प्रवर्द्धन रणनीति र दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिए । त्यसैगरी अर्का प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर र तस्बिर कथाको संरचनाबारे प्रशिक्षण दिए ।

    तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यवहारिक अभ्यास गराउँदै फिल्ड भिजिट पनि गराइने छ । तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३० जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको छ ।

    यस प्रशिक्षणले लुम्बिनी प्रदेशका नयाँ र स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठको विश्वास छ ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.