गाेरखा । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा १ जनाको ज्यान गएको छ भने अर्का १ जना घाइते भएका छन् ।
जिल्लाकाे धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गरेको छ ।
हिजाे भएकाे आगलागीमा परी ३२ वर्षीया सुशीला बम्जनको घटना स्थलामा नै ज्यान गएकाे हाे । साेही आगोमा परी दुर्गामान बम्जन घाईते भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
उनकाे सिन्धुलीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।



