गाेरखा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने पनि उनले चेतावनी दिएका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना आज भएकाे सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले चुनाव सार्न खोज्दा संविधान मिचिने जिकिर गरे ।
यसअघि केही हदसम्म संविधान मिच्ने काम भएको तर देशको अवस्थालाई हेरेर आफूहरू चुपचाप सहयोग गरेर अघि बढेको उनको भनाइ छ ।
उनले ६ महिना, १ वर्ष निर्वाचनको मिति सार्ने हल्ला आफूले सुनेको पनि बताए ।


