गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुना मुक्त भएका छन् ।
हिजाे रुपन्देहीकाे बुटवलमा रहेकाे सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने जिल्ला अदालत उपस्थित भएर रिहा भएका हुन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे । लामिछाने रुपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर थुनामुक्त भएका अदालतले जानकारी दिएकाे छ ।
हिजाे दिनभर उडान प्रभावित हुँदा रास्वपा सभापति लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन ढिलाइ भएको थियाे ।
बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई दिउँसो १ बजेसम्म रोकिनुपर्याे । त्यसपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएर त्यहाँबाट गाडीमा रुपन्देही पुगेका थिए ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत बुटबल इजलासले हिजो रिहा गर्न आदेश दिएकाे हाे ।



