फाईल तस्बिर
गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४ शीर्ष तहका नेतालाई छलफलका लागि बोलाएका छन् ।
शनिबार बिहान ९ बजे बैठक बस्ने गरी देउवा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन् ।
महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न बैठक डाँकेको एक नेताले बताए ।
कांग्रेसले यही पुसको २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियाे । कार्यतालिका व्यवहारिक नभएको भन्दै नेताहरूले कार्यान्वयन नहुने चिन्ता व्यक्त गरेका छन् । पुस १६ वडा अधिवशेन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।
निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन ।


