गाेरखा । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अध्यक्षमा पुन: केपी शर्मा ओलीले जित हात पारेकाे छ ।
१९ सदस्यीय पदाधिकारीका लागि भएकाे निर्वाचनमा अन्तिम मतपरिणाम अनुसार, अध्यक्ष ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।
अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए ।
२ समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । पोखरेल प्यानलबाट उप-महासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् ।
९ जना सचिवहरुमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम अनुसार :
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
रामबहादुर थापा
पृथ्वीसुब्बा गुरुङ
रघुजी पन्त
गोकर्ण विष्ट
महासचिव
शंकर पोखरेल
उपमहासचिव
रघुवीर महासेठ
लेखराज भट्ट
योगेश भट्टराई



