गाेरखा । नेकपा एमालेको ११ओै महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । राजधानीकाे भृकुटीमण्डपमा बुधबार बिहान ९:१५ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान ७ बजे सकिएको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले बताए ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएका थिए । तर शतप्रतिशत भोट खस्न सकेन ।
मतदानमा ३६ जना अनुपस्थित हुदा २ हजार २२७ मत मात्र खसेको आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए । मतदानमा ८० वटा इलेक्ट्रोनिक मेसिनहरु प्रयाेग गरिएका थिए ।
मतपरिणाम आजै बिहान ११ बजेसम्म सार्वजनिक हुने अनुमान गरिएकाे छ ।
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारीसमेत दिएका थिए ।



