गाेरखा। नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत हिजाे स्थगित भएकाे मतदान अहिले बिहान देखी सुरु भएको छ । मंगलबार साँझ हुने भनिएको मतदान विद्युतीय मेसिनमा समस्या आएकाे भन्दै स्थगित भएकाे थियाे ।
मतदान पुन: विद्युतीय मेसिनबाट नै हुन लागेको हो । मतदान अहिले बिहान ८ बजेदेखि मतदान सुरु भएकाे छ ।
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
निर्वाचनमा केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् ।



