गाेरखा । आज कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा मौसम आंशिक बदली छ । त्यस्तै पश्चिम तराईका थोरै ठाउँमा अहिले बिहानैदेखी हुस्सु लागेको छ ।
आज दिउँसो देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान गरिएकाे छ । देशभर आज कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



