गाेरखा । नेकपा एमालेको नयाँ नेतृत्वका लागि आज साँझ ७ बजेबाट मात्र मतदान हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।
मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिए संगै साँझबाट मात्र मतदान हुन लागेको हो ।
भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ । सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएकाे छ ।


