गाेरखा । भिजिट भिसा प्रकरणमा छानविन भए लगत्तै जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो ।
गृह मन्त्रालयका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको छ ।
तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको प्रजिअमा रवीन्द्र आचार्यलाई पठाइएको छ । उनी शान्ति सुरक्षा महाशाखामा कार्यरत उप-सचिव हुन् ।
तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । केही दिनअघि मात्रै विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखकसहित तिवारीलगायतका व्यक्तिमाथि पनि छानबिन भएको अख्तियारले बताएको थियो ।



